जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १६:४२

३३ बर्षअघिको घटना संझिएर पर्यटनमन्त्री भट्टराई जव भक्कानिए..


काठमाडौं, साउन १९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संसदीय समितिको बैठकमा आइतवार निक्कै भावुक हुनुभएको छ । उहा एउटा पुरानो घटनाले भावुक हुँदा पुरा सांसदले मलिन बन्न पुगेका थिए ।

मन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित हुनु भएका मन्त्री भट्टराईले समितिमा सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा भावुक हुँदा गला अवरुद्ध भएको थियो । विस २०४३ सालको एक घटना सम्झिएर भावुक हुँदा सगै रहनु भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि भक्कानिनु भएको थियो ।

‘२०४३ सालमा पार्टीले नगर पञ्चायत चुनावलाई उपयोग गर्ने नीति लिएको थियो। त्यतिबेला हामी रातबिरात प्रचारप्रसारमा लाग्थ्यौँ। त्यसैक्रममा म बिरामी भएँ’, भावुक हुँदै मन्त्री भट्टराईले अगाडी भन्नुभयो, ‘टिचिङ अस्पतालमा उपचार हुदै गर्दा डाक्टरले मेरो आश मारिसकेका थिए ।’ यी शब्द बोल्न नपाउदै उहाँको आखाबाट आँसु खसिसकेका थिए । आँसु पुछ्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘त्यतिबेला उहाँको स्पर्श मिलेको थियो। म त्यसबाट फर्किएर आएको हो ।’ उहाले त्यो घटनाको व्याख्या गरिरहँदा नेता नेपाल पनि भक्कानिनु भएको हो ।

त्यसअघि बोल्नु भएका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिनु भएको थियो । पूर्वप्रधानमन्त्रीका सुझाव आफ्ना लागि मार्गदर्शन हुने भट्टराईले उल्लेख गर्नुभयो । समिति बैठकमा मन्त्री भट्टराईले युरोपियन युनियनको कालो सुचीबाट नेपाललाई पार गराउन समितिको सहयोगको अपेक्षा गर्नुभयो ।