जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार २०:४२

एमाले अध्यक्ष ओली धनगढीमा, यस्तो छ सुदुरपश्चिमको बसाई


धनगढी, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुग्नु भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा बिहीबार अध्यक्ष ओली धनगढी आइपुग्नु भएको हा ।

अध्यक्ष ओली भोली दार्चुलामा आयोजना हुने चुनावि सभालाई सम्बोधन गर्न दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुभएको छ । ‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो,’ प्रदेश सचिव पाठकले भन्नुभयो ‘त्यो हाम्रो ठूलो उपलब्धी पनि हो । त्यसैले चुनावि अभियान पनि दार्चुलाबाटै सुरु गरी हाम्रो भूमि आम्रै अधिकारमा ल्याउन पहल गरिने सन्देश दिइने छ ।’

दार्चुला सदरमुकाम खलंगामा शुक्रवार बिहान ११ बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रवार नै ओलीले २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने सभामा पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।