जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार ०९:२०

तत्कालिन प्रधानमन्त्री ओलीका यी ७ प्रतिप्रश्नमा प्रचण्डको उत्तर खै ?


काठमाडौंं, १८ कात्तिक । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेकपाभित्रको विवाद चरममा पुग्नुको कारणमध्येको प्रमुख थियो प्रचण्डले ओलीमाथि लगाउनुभएको १९ बुँदे आरोपपत्र । जसको संक्षेपीकरण गर्दै तत्कालिन नेकपाका पहिलो अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सातओटा प्रतिप्रश्न गर्नुभएको थियो जसको जवाफ प्रचण्डले अझै दिन नसकेको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यस्तो थियो प्रचण्डको प्रश्नमा तत्कालिन प्रधानमन्त्री ओलीको सात प्रतिप्रश्न : –
१. प्रचण्डले प्रधानमन्त्री ओलीलाई यति होल्डिङमा अपारदर्शि र शंकास्पद कारोवार गरियो भनेर आरोप लगाउनुभएको थियो । जबकी दरबारको जग्गा उहाँ आफै प्रधानमन्त्री हुँदा यतिहोल्डिङलाई लिजमा दिनुभएको थियो । आफैले लिजमा दिएको जग्गा कसरी शंकास्पद र अपारदर्शि भयो ? ओलीखनेतृत्वको सरकारले नेपालट्रष्ट मातहत रहेका सम्पत्तिहरूको ब्यवस्थापनका लागि संसदबाट ऐन बनाइएको छ । प्रचण्डसहित यसअघिका प्रधानमन्त्रीको पालामा निक्कै सस्तो मूल्यमा लिजमा दिइएको ब्यवस्थित मूल्यांकन गराएर पारदर्शि ढंगले लिजमा दिने प्रकृया अघि बढाइएको छ । यससम्वन्धि श्वेतपत्र नै सार्वजनिक गरिएको थियो । यही सम्वन्धमा ओलीले प्रचण्डलाई सोध्नु भएको थियो – कुन ब्यापारीका स्वार्थसिद्धीका लागि मलाई आक्षेप लगाउनुभयो ? त्यो ब्यापारी को हो कमरेड ? प्रश्न अझै अनुत्तरित छ ।

२. प्रचण्डको अर्को आरोप छ – वाइडबडी विमान खरिद र भ्रष्ट्राचार सम्वन्धमा । जबकी वाइडबडी विमान खरिद गर्ने निर्णय ओली सरकारले नभई काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले गरेको थियो । जुन सरकारमा तत्कालिन माओवादी केन्द्र स्वयं सलग्न थियो । त्यही भएर प्रधानमन्त्री ओलीले प्रचण्डलाई साध्नु भएको थियो – वाइडबडी खरिद गर्दा सरकारमा को थियो कमरेड ? तर जवाफ अझै अनुत्तरित छ ।

३. प्रचण्डको अर्को आरोप थियो –सुरक्षण छापाखानामा भ्रष्ट्राचार देखियो । तर त्यो छापाखाना खरिद नै भएको थिएन । प्रधानमन्त्री ओलीले सोध्नु भयो – खरिद नै नभएको प्रकरणमा कसरी भ्रष्टाचार भयो कमरेड ? तर अहँ जवाफ अझै अनुत्तरित छ ।

४. प्रचण्डले प्रधानमन्त्री ओलीले एमसिसिका सम्वन्धमा पार्टीलाई पूर्णरूपमा गुमराहमा राखेको आरोप लगाउनुभएको थियो । जबकी एमसिसि सम्झौता उहाँकै पालामा भएको थियो । एमसिसि सम्झौता पारित हुन्छ भनेर प्रचण्ड स्वयंले बाल्नुभएको थियो् । र त प्रधानमन्त्रीको प्रश्न थियो – तपाई हस्ताक्षरकर्ता राष्ट्रवादी हुने, तर देशले गरेको सम्झौता कार्यान्वयन गरौं भनेर मैले अगाडि बढाउन कोसिस गर्दा म चाँही कसरी राष्ट्रहित विराधी भएँ कमरेड ? अहिले भने प्रचण्ड–माधव नेपालसमेतले काँग्रेससंग मिलेर एमसिसी पारित गरसक्नुभएको छ ।

५. प्रचण्डले नेपालका भूभागलाई भारतले आफ्नो भनी नक्सा प्रकाशित गर्दा र कालापानी क्षेत्रमा सडक निर्माण गरी त्यसको उद्घाटन गर्दासमेत भारतसँग उच्च राजनीतिक र कूटनीतिक वार्ता नगरेको आरोप लगाउनुभएको थियो । जबकी २०७७ साल २६ गते सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकले नेपालको नयाँ नक्सा प्रकाशन र संविधान संशोधनसहितको ऐतिहासिक निर्णयका लागि प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । र त प्रधानमन्त्रीले प्रश्न गर्नुभएको थियो प्रचण्डलाई –प्रचण्ड कमरेड कालापानी, लिपुलेक र लिम्पियाधुरा झण्डै ६० वर्षदेखि भारतको प्रशासनिक र कार्टोग्राफिक नियन्त्रणमै थिए । यस अवधिमा तपाई दुई–दुई पटक प्रधानमन्त्री बन्नुभयो लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईलाई के कुराले छेकेको थियो ? प्रश्न अझै अनुत्तरित छ ।

६. प्रचण्डले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न प्रधानमन्त्री उदासिन भएको आरोप लगाउनुभएको थियो् । प्रधानमन्त्रीले यस प्रशंगमा पाप र पुण्डका कुरा उठाउनु भएको थियो । र त प्रधानमन्त्रीले ेउल्टै सोध्नुभएको थियो – तपाइले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ? प्रश्न अझै अनुत्तरित छ ।

७ . राजनीति नियुक्तिदेखि राज्यका श्रोत परिचालनका बारेमा एकलौटी गरेको आरोप प्रचण्डले प्रधानमन्त्री ओलीलाई लगाउनुभएको थियो । यस प्रशंगमा प्रधानमन्त्रीले भन्नुभएको थियो – न्यूनतम मानवीय सम्वन्धलाई ध्यानमा राखेर तपाइले मसँग उम्मेदवारी, मन्त्रिपरिषद र राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले म सार्वजनिक गर्दिन । प्रचण्डले अब खुल्लमखुल्ला भन्नुपर्यो उहाँले कस–कसलाई सिफारिस गर्नुभएको थियो , जुन प्रधानमन्त्री ओलीले सार्वजनिक गर्न चाहनु भएन । तर अहँ ! प्रचण्डबाट उत्तर आएकै छैन । प्रचण्ड कमरेड कहिले आउँला त उत्तर ?