जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार ०९:२८

सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा शाखा अधिकृतको निधन


काठमाडौं, १८ कात्तिक ।  परराष्ट्र मन्त्रालयको शाखा अधिकृत पदमा कार्यरत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ।

सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको परराष्ट मन्त्रालयको प्रवक्ता सेवा लम्लासले जानकारी दिनुभयो ।

लम्सालका अनुसार कार्यालयको काम सकेर आफू बस्दै आएको अनामनगरतर्फ जान बाटो काट्दै गर्दा ती कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

मोटरसाइकल ठक्करबाट गम्भिर घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो। मोडल अस्पताललाई उनलाई मृत घोषित गरेको हो । उहाँको एक नाबालक छोरा रहेको जनाइएको छ ।