जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार ०९:५४

मतदाताको घर–घरमा एमालेका उम्मेदवार, सत्ता गठबन्धन भने चर्काे बिवाद


उदयपुर, कात्तिक १८ । सत्तारुढ गठबन्धनका उम्मेदवार वागि मिलाउन व्यस्त रहेको बेला नेकपा एमालेका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् ।

प्रतिनिधिसभाका दुबै क्षेत्र र चार वटै प्रदेशसभा सदस्यका उम्मेदवारले पहिलो चरणको वडा स्तरीय र घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । विशिष्ट चाडपर्वको शुभकामना आदानप्रदान र चियापान कार्यक्रमको नाम दिएको एमालेले प्रारम्भिक चरणमा मतदातासँग भेटघाट सम्पन्न गरेको जनाएको छ ।

एमाले अध्यक्ष परमेश्वर घिमिरेका अनुसार पहिलो चरणको कार्यक्रम सम्पन्न गरी दोस्रो चरणमा निर्वाचन आयोगले चुनाव प्रचार प्रसारलाई दिएको समयसिमा अनुसार बिहीबारदेखि उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । उहाँले भन्नुभयो, ‘दुबै क्षेत्रमा पार्टी जिल्ला कमिटीले मुल आयोजक कमिटीसमेत परिचालन हुने गरी कार्यक्रम तय गरेको छ त्यहीँअनुसार नेता कार्यकर्ता परिचालन हुनु भएको छ ।’

क्षेत्र नंं १ अन्तर्गत प्रतिनिधिसभाका सदस्यका उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेशसभा सदस्य क का उम्मेदवार कुशलबाबु बस्नेत र ख का उम्मेदवार इश्वरमणि राउत, क्षेत्रनं २ अन्र्तगत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्वरबहादुर रायमाझी, प्रदेशसभा सदस्य क का उम्मेदवार देवराज राई र ख का उम्मेदवार जिवनाथ दहाल मतदाताको घरदैलोमा पुगेको उहाँले बताउनु भयो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति उम्मेदवार बनेपछि पहिलोचरण सकेर दोस्रोचरणको कार्यक्रममा जुटेका हुन् । उत्साहजनक उपस्थितिकासाथ घरदैलोमा पुगेका क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्वरबहादुर रायमाझीले विजयी सुनिश्चित रहेको बताउनु भयो ।

उदेश्य र लक्ष्यविहीन बनेको गठबन्धनको भविष्यप्रति जनतामा विश्वास नरहेकाले विकास र समृद्धीका लागि जनताले एमाले रोजेको उहाँको भनाई छ । यता निर्वाचनको मिति नजिकिदै जाँदा गठबन्धन दलहरु विच मनमुटाव अझ चर्किदै गएको छ । वागी उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि उनीहरु थप समस्यामा परेका हुन ।

अधिकांश गठबन्धनका उम्मेदवार निर्वाचनमा मतदाताको घरमा पुगेर भोट माग्ने भन्दा पनि वागि उम्मेदवार फकाउने र रिझाउनेमा व्यस्त देखिएका छन् । लोकप्रिय नेताहरु वागी उम्मेदवार बनेपछि गठबन्धन भित्र खैलाबैला सुरु भएको हो ।

त्यति मात्र नभई स्थानीय तहको निर्वाचनमा देशव्यापीरुपमा गठबन्धन भईरहँदा त्रियुगा, कटारी र चौदण्डिगढी नगरपालिका क्षेत्रमा एकले अर्काको अस्तित्व स्वीकार नगरी नेताहरु नै हराउन लागेपछि गठबन्धन भित्र विश्वास टुट्दै गएको एकथरीको विश्लेष्ण छ ।

‘सहयोग गर्ने मनिस्थिति हुँदा पनि गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई हराउन लागेकाहरुको याद झलझली आउँदो रहेछ, त्यसैले यो पटकको निर्वाचन भन्न सक्ने अवश्था छैन ।’ नाम नवताउने शर्तमा एक युवा नेताले भने ।

घरदैलो कार्यक्रमा प्रत्यक्षतर्पmका उम्मेदवारका साथमा समानुपातिक उम्मेदवारहरु सृजना दनुवार र गितादेवी रेग्मीसमेत उपस्थिती रहेको छ । उक्त कार्यक्रममा वडा, नगर, प्रदेश र क्षेत्रका अध्यक्ष र अन्य शुभेच्छुकहरुको पनि उल्लेखनीय सहभागिता रहेको छ ।