धनगढी, १८ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता, कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा आज बिहान आयोजना गरिएको कार्यक्रममा उहाँहरु पार्टीमा प्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादी निकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरा लगायतका नेता, कार्यकर्ता रहनुभएको छ ।
विप्लव नेतृत्वका नेकपाका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद लगायतका कार्यकर्ता पनि पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । एमालेले आजदेखि दार्चुलाबाट देशव्यापी चुनावी अभियानलाई शुभारम्भ गर्न पार्टी अध्यक्ष ओली बिहीबार सुदूरपश्चिम आउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्