जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १६:४७

सुदूरपश्चिम दार्चुलामा यस्तो देखियो एमालेको चुनावी सभा (फोटो फिचर)


काठमाडौं, १८ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दार्चुलाबाट चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगामा आयोजित जनसभालाई सम्बोधन गरी राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्नुभयो ।

 

एमालेले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गरेको छ । चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।