जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १९:२१

आचारसंहिता र निर्वाचन सुरक्षाबारे एमालेले गरायो गम्भीर ध्यानाकर्षण


दोलखा, कात्तिक १८ । नेकपा एमालेका नेताहरुले दोलखामा निर्वाचनको सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सदरमुकाम चरिकोटमा आयोजना गरिएको कार्यक्रममा एमालेका तर्फबाट निर्वाचनको नेतृत्व सम्हालेका नेताहरुले गठबन्धनबाट आचारसंहिता उल्लंघन भैरहेको र सुरक्षामा समेत खलल पुग्ने गतिविधि भैरहेको भन्दै जिम्मेवार निकायले त्यसलाई रोक्न नसकेको बताएका हुन् ।

निर्वाचन प्रचार अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका एमाले पोलिट व्युरो सदस्य पार्वत गुरुङ आचारसंहिता र कुनै नीति, बिधि नमानेर गठबन्धन छाडा बनेको बताउनुभयो । गठबन्धन आफै सरकारमा बसेर आचारसंहिता बिरुद्ध लाग्नुले निर्वाचन सुरक्षामा समेत प्रश्न उठेको भन्दै गुरुङले गलत हर्कत गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

यसैगरी एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेलले राज्यका निकायले निष्पक्ष र शान्तिपुर्ण निर्वाचन बिरुद्ध हुने कुनैपनि हर्कत रोक्नुपर्नेमा जोड दिनुभयो ।