जनता टाइम्स

१९ कार्तिक २०७९, शनिबार १२:२७

शिवसेना नेता सुधीर सुरीको हत्या


एजेन्सी, १९ कात्तिक । शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो ।

घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको बिरूद्ध प्रदर्शन गरिरहेकाबेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तिमा पाँचवटा गोली हानेका थिए ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।