काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जो आफ्नै गाउँ ठाउँ छोडेर सुरक्षित ठाउँ खोज्दै कहिले कता कहिले कता भौतारिएर हिड्छ, त्यस्ताको पछिलागेर पार नलाग्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जो आफै असुरक्षित भएर भागि भागि हिड्छ त्यस्ता को पछि लागेर पार नलाग्ने भएकाले एमाले आउन आग्रह गर्नुभयो ।
उहाँ विभिन्न कारणले बाटो विराएर ,झुक्यानमा परेर त्यस्ताहरूको पछि लाग्नुभएकाले एमाले आउन आग्रह गर्नु भएको हो । जो आफ्नै देशमा, आफ्नै गाउँमा सुरक्षित महसुश गर्दैन त्यस्ताको विदेशमा संगठन बनाएर के गर्नु ? जसले आफ्नै देशमा केही गर्न सकेको छैन त्यस्ताले विदेशमा बस्ने नेपालीका वारे के सोच्छन् ? उहाँले प्रवासी नेपालीलाई भन्नुभयो ‘त्यस्ता बाटो विराएकालाई एमालेमा आउन तपाईहरूले प्रोत्साहन गर्नुपर्छ ।’
एमालेको नीति नै छ ‘जहाँ नेपाली, त्यहाँ एमाले’ त्यसैले संसारभरी रहनुभएका देशलाई माया गर्ने नेपाली दाजुभाईदिदीवहिनीहरू एमालेमा गोलवन्द हुनुस् । मैले माओवादी, माधव नेपाल गुटको मात्र कुरा गरेको होइन, नेपाली काँग्रेसलाई लोकतन्त्रवादी पार्टी भनेर झुक्यानमा परेकालाई पनि एमालेमा ल्याउनुस् । किनभने पूर्ण लोकतन्त्रको पक्षपाती भनेको एमाले मात्र हो ।’













प्रतिक्रिया दिनुहोस्