जनता टाइम्स

१९ कार्तिक २०७९, शनिबार १९:५२

काठमाडौंबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते


काठमाडौं, १९ कात्तिक । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।