जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १०:१८

तुरतुरे ताल फुट्यो, मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरूद्ध


 

बागलुङ,  साउन २० जिल्लाको ढोरपाटन र बडिगाडको सीमानामा रहेको तुरतुरे ताल फुटेको छ । ताल सोमबार बिहान साढे ६ बजे फुटेको हो । ताल फुटेर ६० प्रतिशत पानी बगिसकेको छ ।

ताल फुट्दा मध्यपहाडी लोकमार्ग भत्किएको छ । राजमार्गको २ सय मिटर भाग भत्किएको हो । ताल फुटेपछि मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरूद्ध बनेको छ । बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा र प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीसहितको टोली अहिले घटनास्थल पुगेको छ ।

तालमा पानीको सतह करिब १० मिटर घटेको छ । ताल फुटेर बडीगाड खोलामा पानीको सतह बढेको छ । खोलामा एक्कासी पानीको सतह बढेपछि तटिय क्षेत्र भिमगिठे , खाल, खार र खर्वाङ बजारका बासिन्दा त्रसित भएका छन् । ताल फुटेर खोलामा पानीको सतह बढे पनि मानवीइ क्षति भने भएको छैन ।