ताप्लेजुङ, कात्तिक २० । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभामा एमाले उम्मेदवार योगेशकुमार भट्टराईले किराँतधर्मका गुरु फाल्गुनन्दलाई राष्ट्रिय बिभूति घोषणा गर्ने र जन्म जयन्तीका दिन बिदादिने चलन एमाले नेतृत्वको सरकारले सुरु गरेको बताउनु भएको छ ।
फाल्गुनन्दकै सम्मानका लागि भन्दै एमालेले यसअघि मैवाखोला गाउँपालिकामा कात्तिक २५ गतेका लागि तय गरेको चुनावी कार्यक्रम एकदिन पर सारेको भट्टराईले बताउनु भयो ।
फाल्गुनन्दको १ सय ३८ औं जन्मजयन्तीको अवसर पारेर ताप्लेजुङको फुङलिङमा बिबिध कार्यक्रमका साथ फुङलिङमा निर्मित नेपालकै ठूलो मानिएको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरणको कार्यक्रम रहेको छ । १५ फिट अग्लो १सय ३५ क्विन्टल वजनको सो सालिक अनावरणसहित फाल्गुनन्दको जन्मजयन्तीका दिन बिबिध कार्यक्रम हुँदैछन् ।
आफुहरुले यसअघि एमाले जाति–जनजातिको पहिचान, जातीय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायमगर्न लडेको शक्तिभएकोले सो पार्टीको एउटा सिपाँहीका हिसावले आफु सोहि अभियानमा तल्लिन रहेको उनले बताउनु भयो । एमाले ताप्लेजुङले आयोजना गरेको तेस्रो चुनावी सभालाई आइतवार मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फीमा सम्बोधनगर्दै भट्टराईले एमाले शान्तिपूर्ण प्रतिश्पर्धामा बिश्वास राख्ने भएकोले आफु र एमालेले शान्तिपूर्ण प्रतिश्पर्धालाई सम्मान गर्ने बताउनु भयो ।
एमालेकै नेतृत्वको सरकारका पालामा द्धन्दरत बिप्लव नेतृत्वको माओवादी, पृथकतावादी आन्दोलनमा रहेको सिके राउत समूह सहितका सशस्त्र आन्दोलनरत पक्षलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेको भन्दै उनले गर्व गरे । १० बर्षे सशस्त्र युद्ध गरेको माओवादी शान्तिपूर्ण राजनीतिमार्फत लोकतान्त्रिक अभ्यासमा आएको भन्दै भट्टराईले त्यहिँ शान्तिपूर्ण राजनीतिका कारण माओवादीका उम्मेदवारसंग लोकतान्त्रिक शक्ति प्रतिश्पर्धामा रहेको बताउनु भयो ।
ताप्लेजुङमा भट्टराई र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीबीच मुख्य प्रतिश्पर्धा हुने अनुमान गरिएको छ । भट्टराई र बुढाक्षेत्री सहित प्रतिनिधिसभामा दुई स्वतन्त्र सहित ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् । भट्टराईले एमाले र माओवादीबीचको बामएकता टुट्नुलाई दुर्भाग्यपूर्ण भन्नुभएको छ ।
प्रचण्डको उग्र महत्वकाँक्षा र अरु केही प्राविधिक बिषयले बाम एकता टुटेपनि एउटै कम्युनिष्ट पार्टी बनाउने एजेण्डा समाप्त नभएको भट्टराईले बताउनुभयो । माओवादीले आफु अलगभएर पार्टीगत अस्थित्व रक्षागर्न नसक्ने भन्दै भट्टराईले सबै किसिमका आग्रह र पूर्वाग्रह छाडेर फेरी कम्युनिष्ट एकताका लागि आवहन पनि गर्नुभयो । पुँजीवादी शक्ति काँग्रेससंग मिलेर साम्यवादको लक्ष्यमा नपुग्ने भएकोले माओवादीलाई अंगालो हालेको शक्ति परिवर्तनको बिषयमा सोच्न समेत भट्टराईले आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्