जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार २०:५८

मुद्धामा जोगाउने आश्वासन पाएपछि राजनैतिक यात्रा ध्वस्त


गुल्मी, २० कात्तिक । आइतबार शेषकान्त गौतमले पत्रकार सम्मेलनमा रामकुमारी झाँक्रीलाई निर्वाचनमा सर्मथन गर्ने बताउनुभयो । सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भन्नुभयो उहाँ बिकटकी चेली हुन् । अहिले सडक बनेपछि त्यो गाउँ सुगम राम्रो भएको छ ।

तर, पहिले रामकुमारीले खर्सुको बिचबाट संर्घष गर्नुभएको छ। यो गौतमले पत्रकार सम्मेलनमा भनेको अभिव्यक्ति हो । उहाँले गोकर्ण बिष्टको चर्को बिरोध गर्नूभयो तर विकासले गाउँ फेरिएको कुरा आफैले गर्नूभयो । विकासको देन गोकर्णको हो । उहाँले क्षणिक आवेक र स्वार्थको लागि निर्वाचनको मुखमा गलत हर्कत गर्नूभएको छ । उहाँले आफु एमालेमै रहने र भोट मात्रै रामकुमारीलाई राख्ने भनेर लाजमर्दो अभिव्यक्ति दिइरहेपछि पत्रकारहरुले निकैबेर गौतमलाई केरकार पारे । उहाँले बिज्ञप्तीमा ७० प्रतिशत आफ्नो प्रशंसा गरेर बाँकी गोकर्ण बिष्ट र पार्टी नेतृत्वलाई आरोप लगाउनुभएको छ । पत्रकारले टिकट नपाएर यो बिद्रोह हो ? पार्टीले कारबाही गर्दैन ? पार्टी नीति विपरित काम गर्दा पनि कसरी पार्टीमा रहिन्छ भनेर प्रति प्रश्न गौतमलाई गरेका थिए । तर उहाँले पार्टीले कारबाही गरे सामाना गर्ने र आफुलाई कारबाही गर्ने व्यक्ति र हस्ताक्षर हेर्न खोजेको बताउनुभयो ।

गौतम लामो समय पार्टीका चुनावी मोर्चामा असन्तुष्ट बन्ने अरु पार्टीबाट रकम कुम्ल्याउन खप्पिस रहेको आरोप समेत लाग्दै आएको छ । उहाँलाई स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई सहयोग गरेको आरोपमा कारबाहीको पहिलो नम्बरमा भएका व्यक्ति हुनुहुन्छ । एमालेकै कारण लामो समय कफि विकास बोर्डको नेतृत्व गर्नुभएका उहाँले अन्ततमा बोर्डको दुरुपयोग समेत गर्नुभएको आरोप उहाँ माथी छ । जसकार कारण भ्रष्टचारको मुद्धा खेपिरहनुभएको छ । उहाँको मुद्धा अझै पनि प्रक्रियामा रहेको छ ।

एमालेका एक नेताका अनुसार पहिलेका थुप्रै नियुक्तीहरु र गाउँका उपभोक्ता, सहकारीहरुमा दुरुपयोग गरेका कारण बिबादमा पर्दै आउनुभएको हो । अहिले पनि गठबन्धनको सरकारबाट अख्तीयारको मुद्धामा जोगाउने आश्वासन पाएपछि गठबन्धकै निर्णय अनुसार लामो राजनैतिक यात्रा ध्वस्त बनाएको एक नेताले बताउनुभयो । उहाँलाई पार्टीबाट निस्काशनको तयारी भइरहेको एक स्रोतले जानकारी दिएको छ ।