जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार २२:३४

प्रवासी नेपाली मञ्चको अध्यक्षमा सञ्जय थापा, यी हुन पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित)


काठमाडौं, कात्तिक २० । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको प्रथम अधिवेशनबाट सञ्जय थापा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । अमेरिकाका थापाको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै अधिवेशन पनि सम्पन्न भएको छ ।

निवर्तमान कमिटीका प्रचार बिभाग प्रमुख प्रभुराम थापाका अनुसार अधिवेशनले उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया) सचिवमा हेम शेर्पा (स्पेन) एवं उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत लाई सर्वसम्मत चयन गरेको छ ।

यसैगरी केन्द्रीय सदस्यहरुमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन हुनुभएको छ भने युरोप महादेशबाट सरस्वती केसी, बिममला भण्डारी, शिव बरुवाल, गोबिन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया, राजेन्द्र पुडासैनी र हेमराज जोशी चयन हुनुभएको छ ।

यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तिर्थ गौतम, ज्योती शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एशिया महादेशबाट सुरेश कार्की, डा. शरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन हुनुभएको छ । भर्खरै सम्पन्न अधिवेशनमा अध्यक्ष मण्डलकी अध्यक्ष नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहमतिको आधारमा सो नामावलीलाई घोषणा गरेलगत्तै हलबाट सर्वसम्मत पारित भएको हो ।

प्रवासी नेपाली मञ्चको अन्तराष्ट्रिय अधिवेशन शनिवारबाट सुरु भएको थियो । अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा सुरु भएको अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनले काठमाडौं घोषणापत्रसमेत जारी गरेको छ ।