जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार ०७:४७

प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था जटिल : भेन्टिलेटरमा राखेर उपचार


काठमाडौं, २१ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीतालाई शनिबार भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ ।