जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १०:४७

विमानस्थलमा चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ


काठमाडौं, साउन २०

त्रिभुनवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुन बरामद भएको छ । सुनसहित चिनियाँ नागरिक पनि पक्राउ परेका छन्।

विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरका अनुसार हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय ली निङ्ग्सीको साथबाट चार किलो सुन बरामद भएको हो । उनलाई आइतबार राति ११ बजे विमानस्थलबाटै पक्राउ गरिएको हो। आइतबारको बजार मूल्य अनुसार बरामद सुनको मूल्य करिब सवा २ करोड रुपैयाँ पर्छ।

‘कपडाको बेल्ट बनाएर ल्याएको पहेंलो वस्तु सुन हो कि होइन भनेर हामीले ल्याबमा टेस्ट ग¥यौं,’ नेपालखबरसँग भन्सार प्रमुख ठाकुरले भने, ‘सुन नै रहेको प्रमाणित भयो।’ सुनसहित पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको भन्सार प्रमुख ठाकुरले बताउनु भयो ।