जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १५:३३

चुनावको मुखैमा माधवलाई ठूलो झडका, जिल्ला कमिटीसहित मातहतका सवै कमिटी एमालेमा समाहित


जुम्ला, कात्तिक २१ । चुनावको मुखैमा जुम्लामा जुम्लामा नेकपा एकीकृत समाजवादी रिक्तिएको छ ।

माधव नेपालले नेपाली कांग्रेसको पुच्छर बनाएर पार्टीलाई राष्ट्रियता बिरोधी कित्तामा उभ्याएको भन्दै केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित जिल्लाका सवै तहका कमिटीहरु आजबाट नेकपा एमालेमा समाहित भएको हो ।

नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र नेकपा एकीकृत समाजवादीका अध्यक्ष आदि न्यौपानेले आज संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै नेकपा एसको जुम्लाका सवै कमिटी र नेता कार्यकर्ताहरु नेकपा एमालेमै समाहित भएको घोषणा गर्नुभएको छ ।

‘जुम्ला जिल्ला नेपालको बामपन्थी आन्दोलनलाई बलियो र ऐक्यवद्ध गर्ने अभियानलाई ७७ वटै जिल्लामा रहेका नेकपा एकीकृत समाजवादीमा रहेका कमरेडहरुलगायत सम्पुर्ण जनवादी र देशभक्त, प्रगतिशिल कमरेडहरुलाई नेपालको कम्युनिष्ट आन्दोलनलाई अब्बल र मजवुद बनाउन कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेमा समाहित हुन आह्वान गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ ।