जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १९:२८

एमाले अध्यक्ष ओलीमा छछल्कियो प्रवासी नेपालीप्रतिको माया (फोटोफिचर)


काठमाडौं, कात्तिक २१ । नेकपा एमालेले प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ ।

एमाले मुख्यालयमा आज साँझ अध्यक्ष केपी शर्मा ओलीले प्रथम अन्तराष्ट्रिय अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन हुनुभएका अमेरिकाका सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङ सहितका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिनुभएको हो ।

 

आइतवार काठमाडौंमा सम्पन्न अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको थियो । अधिवेशनले उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया) सचिवमा हेम शेर्पा (स्पेन) एवं उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत लाई सर्वसम्मत चयन गरेको थियो ।

यसैगरी केन्द्रीय सदस्यहरुमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन हुनुभएको छ भने युरोप महादेशबाट सरस्वती केसी, बिममला भण्डारी, शिव बरुवाल, गोबिन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया, राजेन्द्र पुडासैनी र हेमराज जोशी चयन हुनुभएको थियो ।

यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तिर्थ गौतम, ज्योती शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एशिया महादेशबाट सुरेश कार्की, डा. शरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन हुनुभएको छ ।

एमाले अध्यक्ष ओलीले आज बधाइ दिँदै समृद्ध नेपाल सुखी नेपालीको मुख्य लक्ष्य पूरा गर्न सवै प्रवासीलाई एकतावद्ध बनाउन जरुरी रहेको भन्दै सो काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सफलतापुर्वक कार्यकाल पूरा गरेको भन्दै निवर्तमान कमिटीलाई धन्यवादसहित बिदाई गर्नुभयो ।