जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार ०६:५४

यस्तो छ आजको मौसम ?


काठमाडौं, २२ कात्तिक । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।