जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार १४:३१

बागी उम्मेदवारी दर्ता गराएका गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त


काठमाडौं, २२ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउनुभएको छ । मुख्यमन्त्री पोखरेलले आज आचार्यलाई बर्खास्त गर्नुभएको हो ।उहाँले ऊर्जामन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाउनुभएको छ ।

गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्रीबाट मन्त्री आचार्यलाई हटाएको पत्र प्राप्त भएको जनाएको छ।प्रवक्ता चण्डीप्रसाद अर्यालले ऊर्जामन्त्री आचार्यलाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको बताउनुभयो ।आचार्य नेपाल समाजवादी पार्टीका नेता तथा सांसद हुनुहुन्छ । उहाँ तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित हुनुभएको थियो ।आचार्यले असोज २३ मा गठबन्धनविरूद्ध गोरखामा बागी उम्मेदवारी दर्ता गराएका थिए भने पछि फिर्ता लिनुभएको थियो ।