मकवानपुर, कात्तिक २२ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले झापड हानेका छन ।
चुनाव जितेर गएपछि कहिल्यै नआएको र चुनावमा फेरि ढाँटन किन आएको भन्दै एक मतदाताले आज खतिवडालाई कुटेका हुन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेका थिए । खडकाले सधै ढाँटने भन्दै झापड हानेको स्थानीय प्रत्यक्षदर्सीले बताएका छन ।
उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताउनु भएको छ । खतिवडामाथि कुटपिट गर्ने खड्का सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन ।













प्रतिक्रिया दिनुहोस्