मुम्बई, २१ कात्तिक । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहीतही छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ ।
१६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ । फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन् । यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने अहिले आम चासो छ ।
ऋषभ शेट्टी
फिल्ममा ऋषभले शिवा पात्रको भूमिकामा अभिनय गर्नुभएको छ । उहाँले यो फिल्मका लागि ४ करोड रुपैंयाँ पारिश्रमिक लिनुभएको छ ।
सप्तमी गौडा
सप्तमीले फिल्ममा ऋषभको प्रेमिका लीलाको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले फिल्मका लागि १ करोड २५ लाख पारिश्रमिक लिनुभएको छ ।
अच्युत कुमार
फिलममा अच्युतले देवेन्दको भूमिका निभाउनुभएको छ । उहाँ फिल्मका भिलेनको रोलमा हुनुहुन्छ । कैयौं फिल्ममा अभिनय गर्नुभएको अच्युतले ७५ लाख रुपैंयाँ पारिश्रमिक बुझ्नुभएको छ ।
किशोर
दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता किशोरले फिल्ममा इन्स्पेक्टर मुरलीधरको भूमिका निर्वाह गर्नुभएको छ । यो फिल्ममा अभिनयका लागि उहाँले १ करोड पारिश्रमिक लिनुभएको छ ।
प्रमोद शेट्टी
प्रमोदले फिल्ममा सुधाकाराको भूमिका निर्वाह गर्नुभएको छ । यो फिल्ममा काम गर्नका लागि उहाँले ६० लाख रुपैंयाँ बुझ्नुभएको छ ।
दीपक राय पानाजे
फिल्ममा दीपकले सुन्दराको भूमिका निर्वाह गर्नुभएको छ । फिल्ममा उहाँको भूमिका निकै दिलचस्प छ । फिल्मका लागि उहाँले ४० लाख रुपैंयाँ पारिश्रमिक लिनुभएको छ ।
नवीन डी पडिल
नवीन साउथमा कमेडी भूमिकाका लागि चिनिनुहुन्छ । उहाँले फिल्ममा वकिलको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले यो भूमिकाका लागि २५ लाख रुपैंयाँ पारिश्रमिक बुझ्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्