जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार १८:३२

एमालेको पक्षमा मतदात गर्न अपिलसहित प्रवासी नेपाली मञ्चले जारी गर्यो १२ बुँदे काठमाडौं घोषणापत्र (पूर्णपाठ)


काठमाडौं, कात्तिक १२ । प्रवासी नेपाली मञ्चले आफ्नो प्रथम अन्तराष्ट्रिय अधिवेशनबाट नेकपा एमालेको पक्षमा मतदान गर्न अपिल गर्दै १२ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

प्रथम अधिवेशनबाट पारित प्रस्तावलाई अन्तिम रुप दिँदै १२ बुँदे घोषणापत्र जारी गरिएको मञ्चका सचिव हेम शेर्पाले आज बिज्ञप्तीमार्फत जानकारी दिनुभएको हो । घोषणापत्रमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले विजय गराउन सूर्य चिन्हमा मतदान गर्नको लागि सबै मतदाताहरु सामू आह्वान गरेको छ ।

बिज्ञप्तीको पूर्णपाठ

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंको बुढानीलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा सम्पन्न भएको छ । यही कार्तिक १९ गते उद्घाटन सत्र र २० गते बन्दसत्र गरी दुई दिनसम्म चलेको उक्त अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुभएको थियो । उद्घाटन सत्र सकेपश्चात् साँझ मञ्चको कला, साहित्य तथा संस्कृति विभागद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रम र रात्रिभोजमा समेत श्रद्धेय अध्यक्ष कमरेडको समुपस्थिति रहेको थियो । विश्वका ३७ वटा देशका ३०० जना प्रतिनिधिहरुको सहभागितामा सम्पन्न उक्त अधिवेशनको दोश्रो दिनको बन्दसत्रमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनमाथि पाँचवटा समूह बनाइ छलफल गरिएको थियो ।

हामी प्रविधिले गाँजेको युगमा छौं । कम्प्युटर साक्षरताको जमाना छ, अन्तरिक्ष पर्यटनको शुरुवात भइसकेको छ । हामी प्रवासी नेपालीहरु यिनै र यस्तै परिवेशमा विभिन्न देशबाट प्रतिनिधित्व गर्दै यस अधिवेशनमा सहभागी भएका छौं । विश्वको यो बदलावसँगै हामी र हाम्रो मातृभूमि नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने अभिप्रायसहित प्रवासमा संगठित भएका छांै र मातृभुमिको “समृृद्ध नेपाल, सुखी नेपाली” को नारालाई सार्थक बनाउन प्रवासीहरु पनि सफल हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।

यस अधिवेशनको उद्घाटन सत्रमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी हौसला प्रदान गर्न उपस्थित हुनु भएकोमा हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष क. ईश्वर पोखरेल, उपाध्यक्ष क. अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख क. खगराज अधिकारी, स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज क. डा. राजन भट्टराईलगायत पार्टीका नेताहरु र अथितिहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं । साथै, बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष क. अष्टलक्ष्मी शाक्यलगायत अध्यक्ष मण्डलका सम्पूर्ण सदस्यहरुप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।

अधिवेशनबाट निम्न घोषणाहरु गरिएको छः
१. मुलुकको वर्तमान परिस्थितिमा जनताको पक्षमा सही निर्णय र नेतृत्व गर्दै आएको पार्टी नेकपा (एमाले) को पक्षमा अत्यधिक बहुमतले विजय गराउन सूर्य चिन्हमा मतदान गर्नको लागि सबै मतदाताहरु सामू आह्वान गर्दछ ।
२. नेपालमा रहनुभएका सबै प्रतिनिधि तथा सदस्यहरुलाई चुनावी अभियानमा सम्बन्धित भूगोलमा क्रियाशील रहन निर्देशन गर्दछ ।
३. नेपाली नागरिकताको निरन्तरता र प्रवासमा रहेका नेपालीहरुले प्रवासबाटै आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाको लागि यस अधिवेशन नेपाल सरकारसँग माग गर्दछ ।
४. सुरक्षित आप्रवासन र श्रमिकका हकहितका लागि सम्बन्धित राष्ट्रका कूटनीतिक नियोगसँग प्रवासी नेपाली मञ्चले समन्वय गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्दछ । साथै, वैदेशिक रोजगारमा जाने श्रमिकहरुका निम्ति प्रस्थान गर्नुअघि अभिमुखीकरण र प्रवासबाट फर्किएपछि पुनस्र्थापित गर्ने कार्यमा भूमिका निर्वाह गर्न प्रवासी नेपाली मञ्च प्रतिबद्धता जाहेर गर्दछ ।
५. विप्रेषणलाई नियमन गरी विदेशी मुद्रालाई वैध माध्यमबाट मुलुकमा भित्र्याई मुलुकको वैदेशिक मुद्रा संचितिमा सहयोग पु¥याउन सबैलाई आह्वान गर्दछ ।
६. ज्ञान र सीपको स्थानान्तरण (Knowledge and Skill Transfer) लाई प्राथमिकतामा राखी मातृभूमिको समृद्धिको निमित्त उपयोग गर्न प्रतिबद्धता जाहेर गर्दछ ।
७. प्रवासमा आर्जन गरेको पूँजीलाई मातृभूमिमा उपयोग गर्न र ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न लगानी गर्न आह्वान गर्दछ र नेपाल सरकारसँग लगानी सुरक्षाको ग्यारेन्टीको माग गर्दछ ।
८. प्रवासी नेपाल मञ्च लगानी कोष (ONF Investment Fund) सञ्चालन गर्नका लागि ने.रु. १ अर्ब संकलन गर्नेछ ।
९. प्रवासी नेपाली मञ्च नेपालमा दर्ता गरी सामाजिक र कल्याणकारी गतिविधिहरु शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
१०. प्रवासी नेपालीहरुको गतिविधिलाई थप प्रभावकारी बनाउन नेपालमा प्रवासी नेपाली भवन निर्माण गर्न ने.रु. २० करोड संकलन गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
११. विश्व शान्तिको लागि युक्रेन र रुसको युद्ध यथाशीघ्र अन्त्यको लागि संयुक्त राष्ट्रसंघसमक्ष यस अधिवेशन आह्वान गर्दछ ।
१२. अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो अधिवेशन हार्दिक आभार व्यक्त गर्दछ ।

यो अधिवेशन आगामी ४ वर्षको लागि क. सञ्जय थापाको नेतृत्वमा निम्नानुसारको नयाँ अन्तर्राष्ट्रिय कमिटी सर्वसम्मत चयन गर्न सफल भएको छः

क्र.सं. पद नाम
१. अध्यक्ष क.सञ्जय थापा
२ उपाध्यक्ष क. रमेश पाण्डे
३ सचिव क. हेम शेर्पा
४ उपसचिव क. चानक पोख्रेल
५ उपसचिव क. कर्ण शाही
६ सदस्य क. डा. बिमला भण्डारी
७ सदस्य क. शिव बरुवाल
८ सदस्य क. गोविन्द पौडेल
९ सदस्य क. राजेन्द्र शिवाकोटी
१० सदस्य क. डा. सरोज कंडेल
११ सदस्य क. सुरेश केसी
१२ सदस्य क. सुरेन्द्र थपलिया
१३ सदस्य क. डा. विनोद श्रेष्ठ
१४ सदस्य क. विजय कुमार फुँयाल
१५ सदस्य क. शिशिर नेपाल
१६ सदस्य क. कल्पना त्रिपाठी
१७ सदस्य क. सन्जु केसी पौड्याल
१८ सदस्य क. सरस्वती केसी
१९ सदस्य क. ज्योतीदेवी शर्मा
२० सदस्य क. जानकी कार्की
२१ सदस्य क. हेमराज जोशी
२२ सदस्य क. ढुण्डीराज पाण्डेय
२३ सदस्य क. महेश गिरी
२४ सदस्य क. तिर्थ गौतम
२५ सदस्य क. कुन्ती थापा
२६ सदस्य क. कमलमणि गुरागाईं
२७ सदस्य क. बलराम गिरी
२८ सदस्य क. पुरुषोत्तम बोहरा
२९ सदस्य क. राजेन्द्र पुडासैनी

बहस नोट कमिटी
१ . ई. विजयराज भट्टराई
२. डा. सरोज कंडेल
३. डा. चिरन्जीवी खड्का
४. कमल ओझा
५. डा. मुकुन्द बास्तोला
६. विनोद भट्टराई
हार्दिक अभिवादनसहित !

हेम शेर्पा
सचिव