काठमाडौं, २२ कात्तिक । थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ११५० नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५१९ र एन्टिजेनबाट ६३१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १० र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप १५ जना कोरोनामुक्त भएका छन् ।













प्रतिक्रिया दिनुहोस्