जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १३:०२

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


धनकुटा, २३ कात्तिक । छथर जोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बु छन् । उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।