दार्चुला, कात्तिक २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर चुच्चे नक्सा तात्कालिन प्रधानमन्त्री केपी ओलीले नभइ आफूले गरेको भन्दै सतप्रतिशत झुटो बोल्नुभएको छ ।
ओली सरकारले जारी गरको चुच्चे नक्सा ओलीले नभई आफूले गरेको भनेर झुट बोल्नुभएको हो । दार्चुल आएर प्रचण्डले केपी ओलीको कारण नभई आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको बताउनु भयो । चुच्चे नक्सा जारी गरेकै कारण ओली सरकार हटाएर भारतका लागि कम्फर्टेवल सरकार बनाउनु भएका प्रचण्डले भन्नुभयो, ‘ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए । त्यो झुटो हो । मेरै पहलमा चुच्चे नक्सा बनेको हो।’
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड दार्चुला आइपुग्नु भएको हो ।
प्रचण्डले आफूहरुले गठबन्धन बनाएको चुनाव जित्न नभई नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न मात्रै भएको बताउनु भयो ।
’चुनाव जित्न गठबन्धन गरेको होइन, ओलीको दम्भ रोक्न गठबन्धन गरेको हो ,’ प्रचण्डको भनाई थियो ।














प्रतिक्रिया दिनुहोस्