काठमाडौं, कात्तिक २३ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन १० दिन बाँकी छ । उम्मेदवारहरु न्वारनदेखिको बल निकालेर आफ्नो चुनावी क्षेत्रका मतदातासमक्ष घरदैलो तथा भेटघाट कार्यक्रममा व्यस्त देखिन्छन् ।
त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचार प्रसारलाई फरक शैलीमाआक्रामक ढंगले अगाडि बढाउनु भएको छ । पोखरेलले आज काठमाडौं ३२ वडा अन्तर्गत तीनकुने, सुविधानगर, कोटेश्वर महादेवस्थनलगायत एरियामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्नुभएको छ । भेटका क्रममा पोख्रेलले मतदातासमक्ष आफ्ना योजना पनि राख्ने र उनीहरुका चाहना पनि सुन्ने गर्नुभएको छ ।
पोखरेलले यो क्षेत्रबाट धेरै पटक बाहिरबाट आएका उम्मेदवारलाई भोट दिनुभयो । तर, उनीहरुबाट खासै क्षेत्रको विकास र जनचाहनाअनुसार काम भएको पाइएन । बाहिरबाट आएका पाहुना उम्मेदवारले क्षेत्रको मर्म र भावनाअनुसार काम गर्न सक्दैनन् ।जनभावना अनुसार काम गर्नको लागि स्थानीय युवा उम्मेदवार चाहिन्छ ।

‘यो क्षेत्रमा धर्म, संस्कार, संस्कृति र ऐतिहासिक पुरातात्विक महत्व बुझेको स्थानीय व्यक्तिको आवश्यकता भएकाले यसपटक राप्रपाको ‘हलो’मा मत दिई मलाई जियी गराउनुहोस,’ पोख्रेलले भन्नुभयो । कुन्तीको अभियान अघि बढदा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीको भण्डाफोर भएको छ । सो क्षेत्रमा नेकपा एमालेबाट मणिराम फुँयाल उम्मेदवार हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्