जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १७:४५

काठमाडौं ४ का मतदाताले राजन भट्टराईलाई दिए बिजयको आशिर्वाद (फोटोफिचर)


काठमाडौं, कात्तिक २३ । काठमाडौं महानगरपालिका वडा नं. ८ मा नेकपा एमालेको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको छ ।

वडा पार्टी कमिटीद्वारा आयाजित घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४(१) का प्रदेश सभा उम्मेद्वार तेजप्रसाद ढकाललाई स्थानीयले आफ्नो घर आँगनमा पाउँदा आफ्ना समस्या तथा गुनासाहरु राख्नुका साथै विजयको लागि अग्रिम शुभकामना दिनुभएको थियो ।

कामपा ८ को विहानी घरदैलो कार्यक्रममा विहान ७ बजे सिफलचौरबाट सुरु भई नवालीटोल, प्यूटोल, पाचर, बालकुमारी, इट्टाटोल, फूलपसलमा कोणसभा गरि टुङ्गिएको थियो । दिउँसो २ः३० बाट फेरी सुरु गरिएको घरदैलो पिंगलास्थान, सिटु, तिलगंगामा पुगेर समापन भएको नेकपा एमाले वडा कमिटी सचिव आशा पाण्डेले बताउनु भयो ।