जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १९:२५

मन्त्री निधनको शोकमा प्रदेश-१ मा बिहीबार सार्वजनिक विदा


विराटनगर, २३ कात्तिक । प्रदेश १ सरकारले भोली प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक विदा दिने भएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको आज बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताउनुभयो । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो ।