जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार २०:३२

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए


काठमाडौं, २३ कात्तिक । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिनुभएको छ ।सुन्धाराको एक होटेलमा उहॅा झुन्डिएको अवस्थामा मृत भेटिनुभएको हो ।

सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उहॅा मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताउनुभयो । अधिकारी हराएको भन्दै उहॅाकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिनुभएको थियो ।

खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उहॅालाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले जानकारी दिनुभयो । प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो।

त्यसपछि उहॅा बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए। भित्र झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि अनुसन्धान भइरहेको एसएसपी बोहराले बताउनुभयो । अधिकारी २१ गते स्कुटरमा होटलमा पुगेको पाइएको प्रहरीले जनाएको छ। उनको जासुसीको जालो नामक पुस्तक चर्चित छ। यसबाहेक उनका ‘चक्रब्यूहमा चन्द्रसूर्य’ र ‘धम्बोजी’ उपन्यास प्रकासित छन्।