जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १७:१०

नेपाल ट्रष्टमा आएको बीरेन्द्रको सम्पत्ति निरीक्षण गर्दा इश्वर पोखरेललाई पत्रकारले भेटाइदिए पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं, साउन २० । कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलले शुक्रवार नेपाल ट्रस्ट अन्तर्गतको स्वर्गीय राजा बीरेन्द्रको नाममा रहेको सम्पत्तिको स्थलगत निरीक्षण गर्न जानुभयो ।

ट्रस्टका अध्यक्ष समेत रहनुभएका कावा प्रधानमन्त्री पोखरेल सम्पत्तिको निरीक्षणका लागि शुक्रबार महाराजगंज (निर्मल निवासको पश्चिमपट्टी सशस्त्र प्रहरी बल बसेको क्षेत्र), लाजिम्पाट, टेकु, सोल्टीमोड र छाउनीसम्म पुग्नुभयो । राज्यको सम्पत्ति हिनामिना नहोस र कोही कसैले बदमासी गरेर हडप्न नसकोस भनेर पोखरेलले निरीक्षण गर्नुभयो । तर पूर्वराजा ज्ञानेन्द्र भेटन निर्मल निवास छिरे इश्वर पोखरेल भन्दै समाचार आयो । पूर्वराजाको सम्पत्ति ट्रष्टको नाममा आएपछि अध्यक्षले नै निरीक्षण गरेको पहिलो पटक हो ।

कार्यबहाक प्रधानमन्त्री पोखरेलले यो काम गर्दा जनतामा राम्रो सन्देश जाने देखेपछि फेक समाचार तयार पारियो, पूर्वराजा ज्ञानेन्द्रसँग भेटबार्ता गरेको भन्दै । त्यो समाचार तयार पार्ने समुह अरु कोही नभएर नेकपाका नाममा लुटेर खान पल्केकाहरु नै थिए । कावा प्रधानमन्त्री पोखरेलले निरीक्षणको क्रममा जग्गा जमिनलगायतका सम्पत्तिको संरक्षणबारे जानकारी लिनुभएको थियो ।

उहाँले यसअघि पनि ट्रष्टको नाममा रहेको गोकर्णस्थित सम्पत्तिको निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर, सदस्य सचिव राजेश्वर ज्ञवालीलगायत पदाधिकारी तथा सुरक्षाकर्मी रहेका थिए । तर, मनगढंन्त कहानी हालेर निर्मल निवासमा पोखरेलले पूर्वराजालाई सुटुक्क भेटेको समाचार बनाएर अफवाह फैलाइएको छ ।