सिन्धुपाल्चोक, २४ कात्तिक । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताउनुभएको हो ।
आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गर्नुभएको छ । तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोपसमेत लगाउनुभयो ।
तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाले गरेको विकासको स्मरण गराउनुभयो । सोही चुनावी सभालाई सम्बोधन गर्दे राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक, झापा मात्र नभई छोरा राजेन्द्र लिङदेनसँगै संसद्मा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्