जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार १७:३०

गठबन्धनमा चरम असन्तुष्टी, धमाधम एमाले प्रवेश गर्न थाले जिम्मेवार नेता–कार्यकर्ता


दोलखा, कात्तिक २४ । दोलखाका सत्ता गठबन्धनमा रहेका दलका बीचमा चरम असन्तुष्टी देखापरेको छ । असन्तुष्टि बढदै जाँदा दलमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेता तथा कार्यकर्ताहरु धमाधम पार्टी छाडन थालेका छन ।

चुनावी अभियानको क्रममा गठबन्धनका निकै प्रभावशाली नेतासमेत नेकपा एमालेतिर लागेपछि गठबन्धन दिनदिनै कमजोर बन्न थालको आँकलन गरिएको छ । जिरी नगरपालिकाको वडा नं. १ नेपाली कांग्रेसका नेता जिपछिरिङ लामाको जन्मथलो हो । उहाँको जन्मथलोमा कांग्रेस वलियो पार्टी हो । यो पार्टीमा लामो समय काम गर्नुभएका खुसबहादुर कार्की कांग्रेस छाडेर एमाले प्रवेश गर्नुभएको छ । यसले यो वडामात्र नभई क्षेत्रमा नै गठबन्धनलाई गहिरो धक्का लागेको छ ।

साविकको माली गाविसको अध्यक्ष समेत भएका नेता शैलेन्द्र खड्का पनि नेकपा एकीकृत समाजवादी पार्टी त्याग्नुभएको छ । समाजवादी पार्टीको राजनीति छाडेर खडका पनि एमाले प्रवेश गर्नुभएको छ । यस्तै गौरीशंकर गाउँपालिकामा कांग्रेस पार्टीका वडा कमिटी सभापती नै एमालेमा प्रवेश गरेका छन् । शैलुङ गाउँपालिकामा समाजवादीबाट वडाध्यक्ष उम्मेदवार पनि एमालेमा फर्किएका छन् ।

शैलुङ गाउँपालिकामा आज पनि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । वडा नम्बर ७ फस्कुमा नेपाली कांग्रेस र समाजवादी दर्जनौं पार्टीका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका अगुवा कार्यकर्ता राजकुमार तामाङ, समाजवादी पार्टीका अगुवा कार्यकर्ता यज्ञ बहादुर नेपाली लगायत एमालेमा प्रवेश गर्नुभएको हो ।

अहिले दोलखामा एमालेले सबै ४८ हजार घरमा पुग्ने र पार्टी प्रवेश गर्ने अभियान चलाइरहेको छ । अन्य पार्टी त्यागेर एमाले रोजेकाहरुलाई नेकपा एमालेका नेता तथा उम्मेदवारहरुले स्वागत गरिरहेका छन् । ‘विपक्षी पार्टीका नेता तथा कार्यकर्ताको पार्टी प्रवेशले हामी फराकिलो मतले विजयी हुने अवस्थामा पुगेका छौं,’ एमाले दोलखाका नेता तथा प्रतिनिधि सभा उम्मेदवार वालकृष्ण शिवाकोटीले भन्नुभयो ।