जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार १७:५१

हरेक वर्ष विश्वभर १५ लाख मानिसको अकालमै मृत्यु हुन्छ


एजेन्सी, २४ कात्तिक । विश्वभर हरेक वर्ष १५ लाख मानिसको अकाल मृत्युको लागि फाइन पार्टिकुलेट म्याटर (पीएम २.५) जिम्मेवार हुन सक्छ। एक अध्ययनले वायु प्रदुषणको न्यून स्तर सोचेभन्दा खतरनाक हुने देखाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हालैको मूल्याङ्कनअनुसार वायु प्रदूषणका सूक्ष्म कणहरूको लामो समयसम्म सम्पर्कमा रहँदा हरेक वर्ष ४२ लाखभन्दा बढी मानिसको अकालमै मृत्यु हुन्छ । ‘साइन्स एडभान्सेस’ जर्नलमा प्रकाशित उक्त अध्ययनले प्रदुषणका यी सूक्ष्म कणहरूको सम्पर्कका कारण विश्वभर हरेक वर्ष हुने मृत्यु अपेक्षाभन्दा धेरै हुन सक्ने देखाएको छ।

‘माइक्रोस्कोपबाट मात्र देख्न सकिने यी कणहरू मुटु र श्वासप्रश्वाससम्बन्धी रोग र क्यान्सरको कारण हुन सक्छन्। ‘हामीले पत्ता लगायौं कि बाह्य पिएम २.५ ले हरेक वर्ष विश्वभर १.५ मिलियन थप मृत्युको लागि जिम्मेवार हुन सक्छ’ प्रमुख अनुसन्धानकर्ता स्कट विचेन्थल, क्यानडाको म्याकगिल विश्वविद्यालयका सहायक प्राध्यापकले भने ।

इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन कोप २७ मा भारत र चीनबाट क्षतिपूर्तिको माग गरिएको छ । टापु राष्ट्र एन्टिगुवा र बारबुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले भने कि चीन र भारत लगायत व्यापक प्रदूषणका लागि जिम्मेवार अर्थतन्त्रहरूले जलवायु परिवर्तनको प्रकोप पछि पुनर्निर्माणमा मद्दत गर्न जलवायु क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ।