जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १०:११

विकास एजेण्डाले स्थापित कक्षपतिसँग सांसद बन्ने स्वार्थले बाँके आएका राठौरको होला त प्रतिस्पर्धा ?


बाँके, कात्तिक २५ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नं. ३ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिसंग प्रतिस्पर्धा गरिरहनु भएको छ । कक्षपतिको विकास एजेण्डा सामु राठौरको राजनीतिक उचाई होचो साबित भएको छ । यसका पछि खास कारण रहेका छन ।

राठौर बर्दियाका नेता हुन । नेपालगन्जमा घर भएपनि उहाँले बर्दियामै राजनीति गर्नुभयो । जनता र कार्यकर्ताप्रति गर्ने रुखो व्यवहारकै कारण उहाँले चुनाव जित्न सक्नुभएन । उहाँले नत जनताको मत जित्न सके नत नेता कार्यकर्तालाई नै मिलाउन सके । बर्दियामा राजनीति उभो नलाग्ने देखेपछि गठबन्धन भएपछि मौकामा चौका हान्न बाँके सर्नुभयोे ।

उक्त बाँके काँग्रेसमा ३ नम्बर क्षेत्रमा चुनाव लड्ने पुरानै धेरै नेतालाई रुवाउँदै राठौरले पहुँचका आडमा टिकट हत्याउनु भयो । तर उहाँ यहाँ आउने हल्ला चलेदेखि अहिलेसम्म टुरिष्ट उम्मेदवारको आरोप लागिरहेको छ भने रुखो व्यवहारका कारण मत हाल्नु अघि नै मतदाताहरु वाक्क भएका छन् । जसका कारण गठबन्धन बलियो भए पनि कक्षपतिले कडा टक्कर दिएका छन भने कक्षपति जितको दौडमा छन । राठौर भन्दा कक्षपति सरल र सहज मात्र छैनन खजुरामा रहेर उहाँले गर्नुभएका विकासको कामले मतदाता उहाँकै पक्षमा लाग्ने देखिएको छ ।

खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष रहेका कक्षपति बिकासका पर्याय बन्नुभएको छ । जुराको विकासमा उहाँको महत्वपूर्ण योगदान छ भने पश्चिमकै एक मात्र क्यान्सर अस्पताल निर्माणका कमाण्डर हुन । उहाँकै नेतृत्वमा बनेको क्यान्सर अस्पतालले अहिले सयौं बिरामीको सेवा गरिरहेको छ । किस्मतले गरेको यिनै कामका सामु सत्तारुढ गठबन्धनका उम्मेदवार राठौरको राजनीतिक उचाई र गठबन्धनको शक्ति होचो सावित भएको छ । चुनाव जित्नैका लागि बाँके आएको भन्दै राठौर बिरुद्ध टुरिष्टको आरोप लागेको छ भने अधिकांस सभा समारोहमा आफु यतैको मान्छे भएको भन्दै जनतालाई आश्वस्त पार्न उहाँलाई ठिक्क छ ।

नाम जस्तै कर्म धेरैको नमिल्न सक्छ । र, मिलेको पनि पाईदैन । खुशी नाम भएकाहरु दुःखी र दुःखी नाम भएकाहरु खुशी हामीले देख्ने र सुन्ने गरेका पनि छौँ । तर, कक्षपतिको नाम जस्तै कर्म पनि मिलेको छ । बुवा जनकलाल कक्षपति र आमा मानकुमारी कक्षपतिको कोखबाट विक्रम सम्वत् २०१८ सालमा जन्मिनु भएका कक्षपति एमाले बाँकेका अध्यक्षको भूमिकामा हुनुहुन्छ । राजनीतिमा सफल हुनुमा लामो प्रयास, योगदान, लगनशीलता, इमान्दारिता र धैर्यता जोडिएको छ । खजुरा क्षेत्रमा उहाँ जनताको मन जितेका व्यक्ति हुन ।

त्यसैले त स्थानीय निकायको निर्वाचनमा जनताले अत्यधिक मत हालेर कक्षपतिलाई खजुरा गाउँपालिका प्रमुखमा निर्वाचित गराएका थिए । उहाँ गाउँपालिकाका अध्यक्ष हुनुभन्दा पहिले प्रखर परोपकार मिसन, खजुरा क्यान्सर अस्पतालरका संस्थापक अध्यक्ष हुन् । खजुरा क्यान्सर अस्पताल स्थापना हुनुमा उहाँको ठूलो योगदान छ । ब्यापारिक पृष्ठभूमीका कक्षपतिले क्यान्सर अस्पतालको भवन बनाउन ईट्टा, ढुंगा, गिट्टीे, सिमेन्ट, छड ओसारेर मजदुरको काम पनि गरे । ‘क्यान्सर अस्पतालका लागि मैले नगरेको काम सायदै नहोला,’ उहाँले विगतलाई सम्झिदै भने, ‘मजदुरलाई बुझाउने पैसा नभएपछि कयौँ पटक लुकेर बसेँ ।’

सानैदेखि सामाजिक कार्यमा सक्रिय सानैदेखि सामाजिक कार्यमा सक्रिय कक्षपतिले १६ बर्षको उमेरमा आफ्नो जन्मथलो मुसिकोटका सर्वसाधारणलाई शुद्ध पिउने पानीका लागि प्रयास गर्नुभएको थियो । मुसिकोटको माथि रहेको मुहानबाट पिउने पानी ल्याउने क्रममा पञ्चायत विरोधी भएको भन्दै तत्कालिन सरकारले उक्त कार्यमा प्रतिवन्ध लगाएको उहाँले बताउनु भयो । त्यतिबेला उहाँ एउटा क्लवको सचिव हुनुहुन्थ्यो । सानैदेखि सामाजिक सेवा गर्ने सोँच बोकेका उहाँ २०५३ सालनमा बाँकेको खजुरा आउनु भयो ।

खजुरा आउनासाथ सामाजिक कार्यमा सक्रिय भएका कक्षपति छोटो समयमा २०५५ सालमा खजुरा खानेपानी तथा सरसफाई समितिको अध्यक्ष हुनुभयो । उहाँले लगातार दुई कार्यकाल उक्त खानेपानीको अध्यक्ष भएर संस्थालाई उचाईमा पुर्याउनु भयो । समाजसेवा गरेर नथाक्ने कक्षपति खजुरास्थित ज्ञानोदय नमुना मावि ब्यवस्थापन समितिमा चार कार्यकाल विताउनु भयो । ब्यापारसँगै समाजसेवा गर्दै आएका कक्षपतिको नेतृत्वमा २०६२ सालमा खजुरामा प्रखर परोपकार मिसन नेपाल स्थापना भयो ।

उहाँ तत्कालिन नेपाल क्यान्सर अस्पताल हालको सुशिल कोइराला मेमोरियल क्ययान्सर अस्पतालको संस्थापक अध्यक्ष भएर अस्पताल स्थापना गर्नुभयो । कक्षपतिले नै खजुरामा लायन्स क्लव अफ नेपालगन्जको संस्थापक महासचिव, नेपाल घरेलु उद्योग महासंघ, बाँकेको सल्लाहकार भई काम गरिसक्नु भएको छ । उहाँ सामाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय हुनुहन्छ । विद्यार्थी कालदेखि नै कम्यूनिष्ट राजनीतिमा सक्रिय उहाँ सोही बेलानै प्रजातन्त्रका लागि आवाज उठाउनु भयो ।

उहाँले तत्कालिन नेकपा एमाले बाँकेको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख र उद्योग विभाग प्रमुखको भूमिका निर्वाह गरिसक्नु भएको छ । स्थायी शिक्षक छोडेर ब्यापार किस्मतकुमार कक्षपतिको नाम बाँकेमा प्रचलित नाम हो । कुनै बेला शिक्षक पेशाबाट जिविका चल्न नसक्ने लागेपछि उहाँ काम गर्न जर्मन जानुभयो । जर्मनमा बसेर देशका लागि योगदान दिन नसकिने लागेपछि उहाँ नेपाल फर्किए र त्यहाँ कमाएको पैसाले उद्योग संचालन गर्नुभयो ।

‘देशका लागि केही गर्नुपर्छ भनेर म जर्मनमा नबसेर नेपाल फर्किनुभयो, विदेशमा कमाएको पैसा उत्पादनमुलक कार्यमा लगाउनु पर्छ भन्ने लागेर म खजुरा आएँ,’ कक्षपतिले भन्नुभयो । सकारात्मक सोँचले मानिसलाई उचाइँमा पुर्याउँछ कक्षपतिले सुरु सुरुमा धेरै हण्डर खाए, तर हिम्मत हारेनन । आफ्नो मिसन पूरा गर्न निरन्तर आफ्नो अभियानमा लागिरहे । हिम्मत नहारेका कारण अहिलेको अवस्थामा आएको उहाँको भोगाई र बुझाई छ । ‘दृढ विश्वास, लगनशीलता र सकारात्मक सोँचले मलाई अगाडी बढ्ने प्रेरणा मिल्यो,’ कक्षपतिले भन्नुभयो, ‘मिसन बोकेर हिड्ने ब्यक्ति कहिल्यै असफल हुँदैन ।’