जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १९:४८

नायिका साम्राज्ञीको खुलासा : मारुनीमा बोल्ड संवाद थियो, त्यसैले डराएँ


काठमाडौं, साउन २० । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’को कथा सुन्दा आफू निकै डराएको खुलासा गरेकी छन ।

कथा सुनेपछि काम गर्न सक्छु या सक्दिनँ भनेर डराएको साम्राज्ञीले खुलाएकी हुन । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा पुगेकी नायिका साम्राज्ञीले भनिन, ‘भूमिका एकदमै राम्रो थियो । कथा सुनेपछि गर्नुपर्छ भन्ने पनि लाग्यो । तर, भूमिका यति शक्तिशाली थियो कि गर्न सक्छु या सक्दिनँ भनेर म डराएकी थिएँ ।’

उनले निर्माता र निर्देशकसँग भेटेपछि भने आत्मबिश्वास पलाएको बताइन । साम्राज्ञीले भनिन ‘चलचित्रका निर्देशक नवल नेपाल र निर्मात्री पूनम गौतमसँग भेट भएपछि ममा आत्मविश्वास आएको थियो ।’ उनले आफू बोल्ड नायिका नभई संवाद चाँहि बोल्ड रहेको पनि प्रष्ट पारिन । ‘मलाई सबैले बोल्ड नायिका भन्छन् । तर, यसमा बोल्ड संवाद छ,’ शाम्राज्ञीको भनाई छ ।