जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १३:०३

डोटीका भूकम्पपीडितलाई एनआरएनको सहयोग


काठमाडौं, कात्तिक २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् ।

२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् ।