जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १६:१५

बैतेश्वरमा देखियो एमालेको पक्षमा जनलहर (फोटोफिचर)


दोलखा, कात्तिक २६ । आगामी मंसिर ४ गते हुने निर्वाचन आउन एक हप्ता मात्रै बाँकी रहँदा दोलखामा एमालेको पक्षमा उत्साहजनक माहोल देखिएको छ ।

जिल्लाको बैतेश्वर गाउँपालिका स्थित मैनापोखरी बजारमा शनिवार आयोजना गरिएको कार्यक्रममा सर्वसाधरण जनताको उपस्थिति उल्लेख्य देखिएको छ । नेकपा एमाले बैतेश्वर गाउँपालिका संगठन कमिटीले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागि हुन मैनापोखरी बजार र आपपासका क्षेत्रबाट ठुलो संख्यामा जनताको उपस्थिति छ । कार्यक्रमलाई पुर्वमन्त्री एवं एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, प्रतिनिधिसभा सदस्य उम्मेदवार वालकृष्ण शिवाकोटी, प्रदेशसभा १ नम्बर क्षेत्रका उम्मेदवार नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा नेताहरुले मंसिर ४ गते हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित भएको बताएका छन् । एमालेले दोलखामा निर्वाचन प्रचार शैली परिबर्तन गर्दै घरदैलो अभियानमा जोड दिएको जनाएको छ । यद्यपी कतिपय स्थानमा आयोजना गरिएको कार्यक्रममा स्वतःस्फुर्त रुपमा जनताको ठुलो संख्यामा देखिने उपस्थितिले एमालेको जित सुनिश्चित गरेको नेताहरुले बताएका छन् ।