जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १६:३४

डोटी जिल्लाको बेइज्जत गर्नेलाई होइन, एमालेलाई सूर्यमा भोट दिनुस् : ओली


काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुग्नुभएको उहाँले प्रेम आले मगरतर्फ इंकित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताउनुभयो ।

उहाँले आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको बताउनुभयो । उहाँले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न समेत गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिइ एमालेलाई दिन आग्रह गर्नुभयो ।