जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार ०८:०२

साउदी नेपाली महिला कामदारमाथि चरम श्रम शोषण, दुतावासले रोक्यो मागपत्र प्रमाणीकरण


साउदी अरव, साउन २१ । रोजगारीका क्रममा साउदी अरेबिया आइपुगेका नेपाली महिला कामदारमाथि चरम श्रम शोषण भएको पाइएपछि नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्रयाक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । दुतावासले बिज्ञप्ती नै जारी गरी सो जानकारी दिएको हो ।

नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका कैयौं नेपाली महिलाले पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएकोलगायत गुनासो आएसँगै दूतावासले नेपाली महिला कामदारको अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा न्यूनतम पारिश्रमिकसमेत नदिइएको, समयमा महिलासम्बन्धी रोगको औषधोपचार नपाएको, बिमा नगरेको, विभिन्न बहानामा अन्यत्र काममा लगाउने गरेको भेटिएको थियो । मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिँदा नलिएको, पोशाक व्यवस्था नगरेको, बजार जाँदा ‘अकामा’ ९साउदीको परिचयपत्र० तथा राहदानी साथमा लान आफूहरुलाई नदिएको ती महिला कामदारले बताएका थिए ।

नेपाली महिला कामदारले आवासमै रहेको पसलमा महङ्गोमा सामान खरीद गर्न बाध्य बनाएको, दुई तहभन्दा बढी कम्पनीमा आपूर्ति गर्ने गरी भर्ना गरेकोलगाययत गुनासो गरेका थिए । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदार सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा आएको पाइएपछि दूतावासले सो कदम चालेको हो । सर्वेक्षणपछि पनि अन्य स्थानबाट महिला कामदारले आफू शोषणमा परेको गुनासो गर्ने क्रम नरोकिएको दूतावासले जनाएको छ ।

‘सर्वेक्षणका क्रममा पारिश्रमिककम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्र भन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको, पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जांदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु नेपाली महिला कामदारहरुमा पाइयो,’ दुतावासले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

दुतावासले महिला कामदारको सुरक्षाका लागि यस्तो कदम चालेको बताएको छ । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइयो । कामदार सर्वेक्षण पछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले, हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु नेपाली राजदूतावासबाट प्रमाणिकरण गर्ने कार्य स्थगित गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ, बिज्ञप्तीमा भनिएको छ ।

यस्तो छ बिज्ञप्ती

वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली राजदूतावासमा बारम्बार गुनासो आएपछि राजदूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा पारिश्रमिककम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्र भन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको, पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जांदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु नेपाली महिला कामदारहरुमा पाइयो । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइयो । कामदार सर्वेक्षण पछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले, हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु नेपाली राजदूतावासबाट प्रमाणिकरण गर्ने कार्य स्थगित गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

नेपाली राजदूतावास
रियाद ।
२०७६।४।२०