जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार ०७:०८

आज कर्णाली प्रदेशका तीन सभालाई सम्बोधन गर्दै ओली, यस्ता छन कार्यक्रम


काठमाडौं,कात्तिक २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले आज दैलेख, सुर्खेत र कालिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले आज क्रमशः कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्नुहुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्वोधन गर्नुभएको थियो ।