चितवन, कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितको टोलीमाथि आक्रमण भएको छ । चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको सो पार्टीको भनाई छ ।
आक्रमणबाट रवि लामिछानेको पछाडि रहेको अर्को गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएका छन ।













प्रतिक्रिया दिनुहोस्