दैलेख, कात्तिक २७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड दुवै चुच्चे नक्साको पक्षमा नरहेको खुलासा गर्नुभएको छ ।
दैलेखमा आज आयोजित चुनावी सभामा बोल्दै ओलीले यस्तो खुलासा गर्नुभएको हो । उहाँले आफूले भारतले मिचिएको भूमि फिर्ता लिन्छु भन्दा प्रधानमन्त्री देउवालाई टाउको दुखेको भन्दै कडा आलोचना गर्नुभयो ।

‘देश बिग्रिन दिनुहुँदैन, देशको सार्वभौमसत्ता तलमाथि हुन दिनुहुँदैन, स्वाभिमान कमजोर हुन दिनुहुँदैन,’ ओलीले भन्नुभयो, ‘मिचिएको भूमि फिर्ता लिइन्छ भनेर मैले दार्चुलामा बोले, प्रधानमन्त्रीको टाउखो खपिनसक्नु दुखेछ । दार्चुला पुगेर कराउनुभयो । मागेर हुन्छ ? बोलेर हुन्छ भनेर ? बन्दुक लिएर जाउ । शेरबहादुरले प्रचण्डको डेढ बर्ष संगत गरेका थिए बन्दुकको भाषा बोल्न थाले ।’
ओलीले चुच्चे नक्सा जारी गर्दा केही गरेर पनि सुख नपाएपछि प्रचण्ड र देउवाले सहमति जनाउनु परेको खुलासापनि गर्नुभयो । ‘चुच्चे नक्साको पक्षमा त नाकाको चालले आउन बाध्य हुनुपरेको हो, केही सीप नलागेपछि आएको हो,’ ओलीले भन्नुभयो ।

उहाँले एमालेले मात्रै राष्ट्रको सुरक्षा गर्नसक्ने पनि बताउनु भयो । यस्तै उहाँले बार्ताबाटै भारतले मिचेको भूमि फिर्ता ल्याउने उदघोष गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्