विराटनगर, कात्तिक २७ । विराटनगर ४ को गापी टोलमा भएको महिला भेलालाई सम्बोधन गर्न मोरङ क्षेत्र नंं. ६ (क) की प्रदेशसभा सदस्य उम्मेदवार रीता न्यौपाने पुग्दा सबैको एउटै आवाज थियो तपाईँलाई जिताउने जिम्मा हाम्रोे, जितेपछि हामीले बोलाउँदा आउनुहोस् र हाम्रो कुरा सुन्नुहोस् ।
उनीहरु भन्दै थिए, ‘हाम्रो २० औं वर्षदेखि एक न एक जनालाई जिताइरहेका छौं, तर कोही जितेर गएपछि हाम्रो टोलमा फर्केर आएका छैनन्’ । आफूहरुलाई आफ्नो गाउँका विकासमा सहजीकरण गर्दिएमात्र पुग्ने उनीहरुको भनाइ थियो ।
‘तर, हामीले अहिलेसम्म पुरुष उम्मेदवारलाई मात्र जिताएका थियौं’ उनीहरुले एकै स्वरमा भने अहिले महिला उम्मेदवार पाएका छौं, हामी खुसी छौं, हाम्रो दुःख पनि राखेका छौं, तपाई हाम्रो जनप्रतिनिधि भएकाले जनताको दुःख बुझे अहिलेमात्र हैन अर्कोपटक पनि जिताउनेछौं ।’
गोपी टोलमा मात्र हैन उक्त क्षेत्रका जुनसुकै ठाउँमा घरदैलोमा होस् या चुनावीसभामा न्यौपानेलाई मतदाताले एकै प्रकारको गुनासो राख्ने गरेका छन्, ‘हामीले जिताएर पठाएका कोही नेता फर्केर आएनन्, तपाईँले त्यसो नगर्नुहोला ।’
प्रदेशसभाकी उम्मेदवार न्यौपानेले आफू कुनै पनि हालतमा जनताभन्दा टाढा नहुने बताउनु भयो । न्यौपानेले हरेक ठाउँमा जनता नेताभन्दा माथि रहेकाले जनताको हरेक दुःख सुःखमा आफूले साथ दिने बताउनु भयो ।
‘मलाई जिताउनुहोस्, मैले गलत व्यक्तिलाई जिताइएछु भन्ने पार्ने छैन र तपाईँहरुको शिर निहुरिने काम कदापि गर्ने छैन’, उहाँले भन्नुभयो, ‘म इमान्दारिताका साथ काम गर्छु, मलाई कसैको लागि कमाउनु छैन, जे जति गर्छु जनताको लागि नै गर्छु ।’
ज्येष्ठ नागरिकलाई शिरमा, महिलालाई मनमा र युवालाई साथमा लिएर हिँडेका कारण पनि मैले कसैको मन दुखाउने किसिमकोे व्यवहार नगर्ने उहाँले बताउनु भयो । ‘कस्ले के गर्यो, गरेन भनेर कसैलाई दोष दिनु छैन्’ उहाँले भन्नुभयो, ‘म कसैलाई गाली पनि गर्दिन, किनकी त्यो मेरो राजनीतिकभित्र पर्दैन, म आफू राम्रो गर्ने कोशिश गर्नेछु ।’













प्रतिक्रिया दिनुहोस्