जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १८:३४

तरुण दलका सभापतिसहित कांग्रेस-माओवादीका तीन दर्जन बढी युवा नेता–कार्यकर्ता एमाले प्रवेश


रुपन्देही, कात्तिक २७ । आगामी मंसिर ४ गते हुने चुनाव नजिकिदै जाँदा रुपन्देही २ मा नेकपा एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको छ । यही क्रममा आज मात्रै नेपाली कांग्रेस र माओवादी केन्द्र त्यागेर तीन दर्जन युवाहरु एमाले प्रवेश गरेका छन ।

आइतबार सैनामैनामा विभिन्न पार्टी छाडेर तीन दर्जन नेता कार्यकर्ता प्रवेश गरेका हुन । तरुण दल क्षेत्रीय सदस्य सुरेश पुन, तरुण दल सैनामैना नगर सदस्यहरु राकेश गुरुङ, सागर अर्याल, चुरामणि बस्याल, रोनाल्ड थापा, नेपाली काङ्ग्रेस सक्रिय सदस्य कृष्ण केसी, भरत कुँवर, आरिफ हुसेन, इलताब हुसेन, घनश्याम पाण्डे एमाले प्रवेश गर्नुभयो ।

यसैगरी सोही कार्यक्रममा माओवादी केन्द्रबाट राजकुमार चौधरी, बिनोद नेपाली, चम्पा दंगोरिया, सुमन दंगोरिया, राधेश्याम दंगोरिया, गीता चौधरी, रीता दंगोरिया, रजिया दंगोरिया, दिपेन्द्र थारु लगायत युवाहरु एमाले प्रवेश गर्नुभएको छ ।

कार्यक्रममा राजन दङ्गोरीया थारु, बिरेन्द्र थारु, कमइ थारु, अभिषेक थापा, कुमार विक, गौरव बेलबासे, धननारायण चौधरी, खिम थापा लगायत एमाले प्रवेश गर्नुभएको छ । नव प्रवेशीहरुलाई पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेताहरु भोजप्रसाद श्रेष्ठ, गोमा आचार्यलगायतले स्वागत गर्नुभयो ।