जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १२:४५

जुद्धशमशेरले बनाएको राणाकालीन दरबारमा खुल्यो लक्जरी होटल, यस्तो छ बिशेषता


ललितपुर, साउन २१ । सानेपा हाइटमा रहेको राणाकालीन दरबारमा वैशाखदेखि हेरिटेज बुटिक होटेल सञ्चालनमा आएको छ । यो दरबार राणा प्रधानमन्त्री जुद्धशमशेरले १९२० सालमा छोरा सुरेन्द्रशमशेरका लागि बनाइदिएका थिए । वैदेशिक रोजगार व्यवसायी सुवर्ण श्रेष्ठले झन्डै सय वर्ष पुरानो दरबारलाई प्रबलीकरण गरेर ‘एल्लो दरबार होटेल’ खोल्नुभएको हो ।

सो दरबार १६ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अहिले लक्जरी होटल सञ्चालनमा आएको यो ठाउँ ‘सानेपा इन्टरनेसनल क्लब’को नामले परिचित थियो । यसअघि यहाँ ‘स्पोर्टस् एक्टिभिटिज’ मात्र हुन्थ्यो । अहिले क्लबसँगै बुटिक होटेल पनि थपिएको छ । होटेलमा १६ वटा कोठा छन् । दुईवटा फेमिली अपार्टमेन्ट छन् । एक वर्षभित्र २० कोठा थप्ने सुवर्णको योजना छ । ‘दरबारको पछाडिपट्टि प्रशस्तै जग्गा छ, त्यही जग्गामा कोठा थप्ने योजना छ,’ श्रेष्ठ भन्नुहुन्छ ।

होटेलमा स्विमिङ पुल, जिम, साउना, ज्याकुजीको सुविधा छ । यहाँ तीनवटा ब्याडमिन्टन कोर्ट पनि छन् । लनटेनिस, स्क्वास र जुम्बा डान्सको पनि सुविधा छ । एउटा गतिलो रिक्रियसन सेन्टर बनाउने सञ्चालक श्रेष्ठको योजना छ । सभा-सम्मेलन गर्न दुईवटा हल छन् । एउटा हलमा एक सय ५० जना अटाउँछन् । अर्को तीन सयजना अटाउने हल तयार हुँदै छ । होटेलको गेटमा पुग्नेबित्तिकै पहेँलो भव्य दरबार देखिन्छ । दरबारको अगाडि दुईवटा विशाल हरिया गार्डेन छन् । होटेलमा छिर्नेबित्तिकै भव्य दरबार र सुन्दर गार्डेन देख्दा थकान मेटिन्छ । सुवर्णले सेतो दरबारलाई आफ्नो राशिको कलरअनुसार पहेँलो बनाउनु भएको हो ।

दरबारभित्र छिर्नेबित्तिकै स्विमिङ पुल भेटिन्छ । दुईदेखि ६ फिटसम्म गहिरो स्विमिङ पुलमा बच्चाहरू पौडिन सिकिरहेका हुन्छन् । ‘गर्मी सिजनमा स्कुलका विद्यार्थीले स्विमिङ पुल भरिन्छ,’ श्रेष्ठ भन्नुहुन्छ । स्विमिङ पुलको छेउमै कलात्मक रेस्टुरेन्ट एन्ड बार छ । त्यहाँ ‘लाइभ म्युजिक’ र ‘कन्सर्ट’ हुन्छ । यो गर्मी मौसममा ‘पुल पार्टी’ पनि हुनेछ । ‘प्रत्येक शुक्रबार लाइभ म्युजिक गर्छौं, स्पेसल दिनमा चर्चित गायक ल्याएर कन्सर्ट गर्नेछौँ,’ श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो ।

दरबारमा राणाकालीन सभ्यता झल्काउने खालका कोठा छन् । कोठा, रेस्टुरेन्ट र सभाहलमा पुरानो तथा नयाँ सभ्यता फ्युजन गरिएको छ । राणाकालीन भएकाले पहिला एसी थिएनन् । अहिले त्यो सुविधा थपिएको छ । बेड र फर्निचर पनि नयाँ राखिएको छ । रेस्टुरेन्ट, कफी सप क्लासिक देखिन्छन् । दरबारकै झल्को मिल्छ । होटेलका कोठाको मूल्य ४० देखि ८० डलर तोकिएको छ । मेनु पनि मध्यम वर्गले अफर्ड गर्न सक्ने गरी राखिएको छ । होटेलमा नेवारी, नेपाली, इन्डियन, इटालियन, कन्टिनेन्टल, चाइनिज परिकार पाक्छन् । यो होटेल र क्लबका ग्राहक नेपाली र विदेशी सबै हुनेछन् । साथै, खेलाडीको पनि जमघट हुनेछ । किनकि, यो होटेलमा विभिन्न खेलका प्रतिस्पर्धा र तालिम हुनेछन् । क्लबको सदस्य बनेर नियमित खेल्न आउनेहरू पनि हुनेछन् ।

नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव समेत रहनुभएकी श्रेष्ठले एक बर्ष अघिबाट होटल सञ्चालनको योजना बनाउनु भएको थियो । आफै खेलाडीसमेत रहनुभएकी श्रेष्ठले यस एल्लो दरबार होटेललाई स्पोर्टस् र हेल्थको हब बनाउन चाहनुभएको छ । ‘नेपालमा खेलकुद आयोजना गर्न गतिलो ठाउँ छैन, यो ठाउँमा खेलकुद प्रतियोगिता र खेल सिकाउने तालिम केन्द्र बनाउँछु,’ श्रेष्ठ भन्नुहुन्छ । उहाँका अनुसारदरबारको पछाडि खेलकुदका गतिविधि हुनेछन् । उहाँ नेपालकै युनिक रिक्रियसन सेन्टर बन्ने होटेल बताउनु हुन्छ ।

 

अहिले विश्व नै ‘क्लासिक वे’मा हिँडिरहेको छ । मान्छेले पुरानो वस्तु र सभ्यता मन पराउन थालेका छन् । त्यसैले ऐतिहासिक राणाकालीन भवनमा होटेल खोलेको श्रेष्ठले बताउनु भयो । ‘नेपालका दरबार कस्ता हुन्छन्, राणाहरू कसरी बस्थे, सबैलाई जानकारी गराउनु मेरो उद्देश्य हो,’ श्रेष्ठले भन्नुभयो 

यो ठाउँ पहिल्यैदेखि इभेन्ट, हेल्थ–फिटनेस र स्वास्थ्यका लागि प्रख्यात ठाउँ हो । ‘नेपालमा यस्तो ठाउँ छैन, जहाँ सम्पूर्ण स्पोर्टस् एक्टिभिटी, होटेल र सेमिनार हल एकै ठाउँमा होस,’ श्रेष्ठको भनाई छ । यस होटलले सञ्चालन गरेको क्लबमा नियमित ग्राहक ९१ जना छन् । यो संख्या बढाउन ‘फेमिली प्याकेज’ र ‘लाइफटाइम मेम्बर’को सुविधा उपलब्ध गराइएको छ । होटेलमा बस्ने ग्राहक मात्र होइन, बाहिरका मानिस पनि हेल्थ क्लब र स्पोर्टस्मा सहभागी हुन पाउँछन् । यल्लो दरवार होटलमा पार्किङ पनि ठूलो छ । सयवटा गाडी र डेढ सय बाइक सजिलै पार्किङ गर्न सकिन्छ । भोज, पार्टी र कार्यक्रमका लागि पहिल्यैदेखि चर्चित ठाउँ हो । दुईवटा ठूला गार्डेन छन्, त्यहाँ ठूला एक्जिविसन, विवाह, व्रतबन्ध, पार्टी गर्न सकिन्छ । गार्डेनमा एकैपटक १५ सय जनालाई सेवा दिन सकिन्छ । सभा-सम्मेलन गर्न ठूला हलहरू छन् ।

दरबारमा राणाकालीन सभ्यता झल्काउने खालका कोठा छन् । कोठा, रेस्टुरेन्ट र सभाहलमा पुरानो तथा नयाँ सभ्यता फ्युजन गरिएको छ । राणाकालीन भएकाले पहिला एसी थिएनन् । अहिले त्यो सुविधा थपिएको छ । बेड र फर्निचर पनि नयाँ राखिएको छ । रेस्टुरेन्ट, कफी सप क्लासिक देखिन्छन् । दरबारकै झल्को मिल्छ । होटेलका कोठाको मूल्य ४० देखि ८० डलर तोकिएको छ । मेनु पनि मध्यम वर्गले अफर्ड गर्न सक्ने गरी राखिएको छ 

अहिले विश्व नै ‘क्लासिक वे’मा हिँडिरहेको छ । मान्छेले पुरानो वस्तु र सभ्यता मन पराउन थालेका छन् । त्यसैले ऐतिहासिक राणाकालीन भवनमा होटेल खोलेको श्रेष्ठले बताउनु भयो । ‘नेपालका दरबार कस्ता हुन्छन्, राणाहरू कसरी बस्थे, सबैलाई जानकारी गराउनु मेरो उद्देश्य हो,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठले १० वर्षका लागि दरबार भाडामा लिएर होटेल र क्लब सञ्चालन गर्नुभएको हो ।