जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १३:१२

कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना, यस्तो देखियो समस्या


काठमाडौं, साउन २१ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना हुनुभएको छ । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल जानुभएको थियो । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहनुभएको थियो । सोमबार ज्वरो नघटेपछि उहाँ अस्पताल भर्ना हुनुभएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताउनुभयो ।