जनता टाइम्स

२८ कार्तिक २०७९, सोमबार १७:२३

भारतसँगको सीमानाका चारदिन बन्द हुने


मोरङ, २८ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिनुभयो ।