जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १५:०६

पिसाबमा सङक्रमण देखिएपछि काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना


काठमाडौं, साउन २१

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना हुनुभएको छ। मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल जानुभएको थियो ।

चिकित्सकको सल्लाह बमोजिम उहाँ अस्पताल भर्ना हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चाररपाँच दिनदेखि घरमै आराम गरेर बसिरहनुभएको थियो ।